२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपे इन्टरनेसनल कार्डहरु एससीटीमा आबद्ध बैंक तथा बित्तिय संस्थाका एटीएममा प्रयोग गर्न सकिने



अ+ अ-

काठमाडौँ । डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआई अन्तर्गत जारी गरिएका रुपे इन्टरनेसनल कार्डहरु एससीटीसँग आबद्ध फाइनान्स कम्पनि, सहकारी तथा बैंकका एटीएमहरुमा यी विभिन्न अन्तर्राष्ट्रिय, बहुप्रतिष्ठित नेटवर्कहरुद्वारा जारी गरिएका कार्डहरु चलाउन मिल्ने भएको छ ।

यो सुविधासँगै नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएका एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्डहरु एससीटी  नेटवर्क अन्तर्गतका एटीएमहरुमा प्रयोग गर्न सकिने भएको हो ।

यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकहरुलाई पनि एटीएममार्फत कारोबार गर्नलाइ सहज र सरल हुने आशा गरिएको छ । यो सुविधा छिट्टैनै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुले संचालन गरेका एटीएमहरुमा पनि विस्तार गर्ने योजना राखिएको छ ।

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड भारतमा कार्यरत नेपालीहरु तथा नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुलाई नेपालमा चलाउन निकै समस्या थियो । यो सुविधा संगै रुपे कार्ड प्रयोगकर्ताहरुलाई निकै सहज हुने आशा गरिएको छ ।