२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप छनोट: नेपालको लगातार चौथो जित, मलेसिया १० विकेटले पराजित



अ+ अ-

काठमाडौं । यूएईएमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटअन्तर्गतको खेलमा नेपालले लगातार चौथो जित हात पारेको छ ।

यूएईस्थित मलेका क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालले चौथो जित हात पारेको हो ।

जितको लागि मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा बिना कुनै विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका दुवै ओपनर अविजित रहे । ओपनर दिपक बोहोरा ३८ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा अलआउट हुँदै ७२ रन बनायो । मलेसियाका मोहम्मद अकरम मलेक ५१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाएर क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । यस्तै, मुहम्मद सायाहिर र मूहम्मद हरिसानले समान १२/१२ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि बलिङ गरेका दीपेश कंडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए । आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहोराले २ विकेट लिए । सुवास भण्डारीले भने १ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।