काठमाडौ। नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमले पार्टी एकताका लागि आफूलाई जिम्मा दिन अध्यक्षओली संग प्रस्ताब राख्नु भएको छ ।
बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष गौतमले भन्नुभयो ‘म तपाईंहरुसँग आइसकेको छु, अब फर्किन्न । तपाईंहरुसँगै बसिरहने हो । ख्याल गर्नुस् कि म लागिसकेपछि सफलता प्राप्त हुन्छ । विगतमा म लागेको अवस्थामा कसैले नपत्याएको सफलता प्राप्त भाको छ । अब फेरि म लाग्छु । नमर्दासम्म लाग्छु । तपाईंले ननिकाल्दासम्म लाग्छु ।’ त्यर्सैले मलाई जिम्मा दिनुस सबैलाई मिलाउने वाताबरण बनाउछु ।
केन्द्रीय समितको बैठक लगत्तै गौतमले आफू र माधब नेपाल निकट केही नेताहरु संग नागपोखरी स्थित एक होटलमा छलफल गर्नुभएको थियो ।












