२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्यूगिनीविरुद्ध नेपाललाई चौथो सफलता



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीबिरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भईरहेको खेलमा कुशल मल्लले नेपाललाई चौथो विकेट दिलाएका हुन् । १९ बलमा ११ रन बनाएका आसाद भाला कुशलको बलबाट एलबिडब्ल्यू आउट भए ।

नेपालको लागि तेस्रो सफलता सोम्पाल कामिले दिलाएका थिए । उनले टोनि उरालाई ३९ रनमा आउट गराए । यस्तै, दोस्रो विकेट पनि कुशल मल्लले नै लिएका थिए । पपुवा न्युगिनीका सेसे बाउ कुशलको बलमा ११ रन बनाएर आसीफ शेखको डाईरेक्ट हिटमा रन आउट भएका थिए ।

स्पिनर सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले पपुवा न्युगिनीका ओपनर किप्लीन डोरीगालाई एलबिडब्ल्यू आउट गराएका थिए । डोरीगा ४३ बलमा २६ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार पार्दासम्म पपुवा न्युगिनीले २४ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।