२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड



अ+ अ-

अन्नपूर्ण । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ ।

प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको कार्यशालामा सहभागीले ध्वाँसे जनावरको संरक्षणमा जोड दिएका हुन् । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले ध्वाँसे चितुवालाई स्थानीय जनावर घोषणा गरी संरक्षणमा जोड दिइरहेको बताउनुभयो ।

गाउँपालिकाको विसं २०७५ कात्तिकमा बसेको कार्यपालिका बैठकले ध्वाँसे चितुवालाई गाउँपालिकाको स्थानीय जनावर घोषणा गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा जनचेतना जगाउँदै प्रत्येक वर्ष ध्वाँसे चितुवा संरक्षणसम्बन्धी मेला तथा कार्यक्रम आयोजना गर्न गाउँपालिका कार्यालयलाई आग्रह गरिने उहाँले बताउनुभयो ।

प्रकृतिका साथीहरु संस्थाका प्रमुख राजु आचार्यले उक्त गाउँपालिकाभित्र ध्वाँसे चितुवाको अध्ययन विभिन्न कोणबाट भइरहेको जानकारी दिनुभयो । संस्थाले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरण तथा राहतस्वरुप अक्षयकोष स्थापना गर्न नगद सहयोग गरेको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसलाई रु दुई लाख प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । अक्षयकोषबाट प्राप्त ब्याजले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि राहत प्रदान गरिने भएको छ ।

तल्लो अन्नपूर्ण क्षेत्रको एक हजार चार सयदेखि तीन हजार पाँच सय मिटर उचाइमा पाइने ३० प्रजातिमध्ये यो विश्वव्यापीरूपमा संवेदनशील सूचीमा छ । आइयुसीएनले नेपालभित्र भने यसलाई सङ्कटापन्नको सूचीमा राखेको छ । सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ ।

कार्यक्रममा मादी–१ सिक्लेसका उमरबहादुर गुरुङ सन्तोषलाई ध्वाँसे चितुवा संरक्षणदूतका रुपमा संस्थामार्फत प्रमाणपत्र प्रदान गरिएको थियो । रासस