काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख खर्च गर्ने सहमति गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी उक्त सहमति भएको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने बताएको छ।
२०७८ साल कार्तिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने अर्थ मन्त्रालयले जनाएको छ ।












