५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गम्भिर गल्ती : वामदेव गौतम



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गम्भिर गल्ती भएको बताउनु भएको छ । 

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा नेता गौतमले भन्नुभयो म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ,’  । 

नेता गौतमले एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने भन्दैआफु पार्टी एकताको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको साथमा रहेको बताउनु भयो ।  

उहाँले मुख्य नेतालाई अपमान गरेर पार्टी  एक नहुने भन्दै सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने  उल्लेख गर्नुभयो । उहाँले नेता माधव नेपालसँग संवाद गर्न सुझाव दिँदै नेपालसहितको एकताको पक्षमा आफू रहेको बताउनु भयो ।