काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गम्भिर गल्ती भएको बताउनु भएको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा नेता गौतमले भन्नुभयो म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ,’ ।
नेता गौतमले एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने भन्दैआफु पार्टी एकताको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको साथमा रहेको बताउनु भयो ।
उहाँले मुख्य नेतालाई अपमान गरेर पार्टी एक नहुने भन्दै सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने उल्लेख गर्नुभयो । उहाँले नेता माधव नेपालसँग संवाद गर्न सुझाव दिँदै नेपालसहितको एकताको पक्षमा आफू रहेको बताउनु भयो ।












