२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहनाले कानको लोती च्यातिएको छ भने डराउनु पर्दैन, उपचार सम्भव छ



अ+ अ-

काठमाडौं । आफुलाई सुन्दर देखाउन हरेक मानिसले आफ्नो कानमा विभिन्न किसिमका गरगहनाहरु लगाउने गर्छन् । झन विवाह वा कुनै पार्टीमा जानुपर्यो भने सबैभन्दा ठूलो गहनाको होड चलेको हुन्छ । तर सुन्दरताको लागि लगाउने गहनाले आफ्नो शरिरलाई कति असर पार्छ भन्ने कुरा थाहा नै हुँदैन् ।

कानमा लगाउने रिङ, कुण्डल जस्ता गरगहनाहरु लगाउने गर्दा कानको लोती ठूलो हुने गर्छ भने कतिको त लोती नै च्यातिने गर्छ। कना मानिसलाई सुन्दर देखाउने एक अंग हो ।

तर गरगहना लगाउँदा ख्याल नगर्दा कतिपय महिलाहरु कानको लोति च्यातिएर चिन्तित हुने गर्छन्।कहिलेकाँही आफुले लगाएको गहना कतै कपडा तिर अल्झिएर पनि कान च्यातिएको हुन्छ। यस्तो अवस्थामा आफुले विशेष ध्यान दिनुपर्ने हुन्छ।

कानको लोती च्यातिएमा कसरी उपचार गर्ने त रु कानको लोतिमा हड्डी नहुने हुँदा कमलो हुन्छ। कमलो छालामात्र हुने भएकाले भारी गहना लगाउँदा लोती च्यातिने सम्भावना बढी हुन्छ।

कसैको कानको लोती जन्मजातै सानो हुन्छ भने कसैको ठूलो हुन्छ। तर गरगहना लगाउने विषयमा ध्यान नदिँदा कानको लोती च्यातिने गर्छ।

कानको लोती ठूलो भएका मानिसले सर्जएरी गरेर ठूलो बनाउने गर्छन् भने ठूलो हुनेले कानको लोती सर्जरी गरेर सानो बनाउने गर्छन् । कानको लोतीको सर्जरी गर्न आधा घण्टामात्र समय भए पुग्छ।

सर्जरी छाला रोग विशेषज्ञले गर्ने गर्छन्। सर्जरी गराउँदा च्यातिएको भागलाई मात्रै लट्याएर पुरानो छालालाई नदेखिने गरेर काटेर मसिनो पारेर सिलाइन्छ।

यसरी सर्जरी गरेतापनि नियमित काम गर्न सकिन्छ। तर सर्जरी गराएपछि कतिको कानको लोती सुनिन सक्छ त्यसकारण आइसले सेक्न सकिन्छ। यसो गरिसकेपछि कान सर्जरी गरेको एक दुई महिनापछि छेडेर गहना लगाउन सकिन्छ तर ठूलो तौल बढी भएको गहना लगाउनु हुँदैन्। (एजेन्सीको सहयोगमा)