२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दूर्गन्धले स्थानीय मारमा



अ+ अ-

रामग्राम । नवलपरासीको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दूर्गन्ध फैलिएको छ ।

फोहोर व्यवस्थापनका लागि डम्पिङ साईटको उचित व्यवस्था हालसम्म पनि नहुँदा त्यहाँका स्थानीय फोहोरको मारमा परेका हुन । फोहोर सहुवाटिकर नदी किनारामा फालिने र त्यसले स्थानीय र नदीलाई समेत दूर्गन्धित बनाउँदा आफूहरु मारमा परेको स्थानीयको गुनासो छ । खेतीयोग्य जमिनमा सिँधै फोहोर फालिदा स्थानीय किसानहरु समेत मारमा परेका छन ।

फोहोर व्यवस्थापनका लागि हालसम्म पनि यस नगरपालिकामा डम्पिङ साईट बनेको छैन । दिनहुँ निस्कने फोहोर रामग्राम नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरस्थित नदीको किनारमा निजी जग्गामा पनि फैलिदै गएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा फोहोर सिधै नदीमा खस्दा त्यसमा पनि प्रदुषण बढेको छ ।

दैनिक निस्किने फोहोरले दुर्गन्ध बढेको मात्र होइन् निजी जग्गामा अस्पतालजन्य हानिकारक फोहर स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्जसहितका अस्पतालजन्य फोहर , मारेका चौपाय गाई, गोरु, कुकुर , बिरालो साथै सबै किसिमका फोहोरजन्य पदार्थ व्यवस्थापन नहुदा स्वास्थ्यका लागि हानिकारक हुने भएको छ । नगरपालिकाले मन लाग्दी फोहोर फालिरहेको छ । जसका कारण वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन । तर नगरको फोहोर व्यवस्थापन गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरु नै दोषी रहेको स्थानीयको आरोप छ ।

अधिकांश स्थानीय तहले अहिले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन् । जसका कारण खोला, बाटो, झाडी, जंगलजस्ता ठाउँमा फोहोर देखिन्छन । फोहर व्यवस्थापन गर्नु नसक्नुमा प्रमुख दोष नगरलाई जान्छ । नगरको फोहर व्यवस्थापन गर्ने प्रमुख दायित्व नगरको हो तर स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम नगरेको स्वयम् जनप्रतिनिधीकै आरोप छ । रामग्राम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रुद्रप्रसाद उपाध्यायले नगरपालिकाले बजेटको उचित व्यवस्था नगरेकाले फोहोरको व्यवस्थापन गर्न नसकिने स्विकार गर्नु भयो ।

आफ्नो नगर कस्तो बनाउने हो ? त्यो भिजन रामग्रामले बनाउन सकेको छैन । यसमा दोषी नगरप्रमुख मात्र होइन् सबै जनप्रतिनिधिहरुको दोष छ । हिजो नहुँदा हामी गर्छौ भन्नेहरु आज त्यही ठाउँमा पुगेका छन । तर किन उनीहरुले नै गर्न सकेनन ? स्थानीयले प्रश्न उठाएका छन । डम्पिङ साइटको तत्काल व्यवस्थापन गरेर फोहोरको व्यवस्थापन गर्नुपर्दछ । फोहरकै कारण विभिन्न खाले रोगको जोखिम हुन्छ, त्यसको व्यवस्थापनमा नगरपालिकाले बेलैमा ध्यान दिन जरुरी छ ।