२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २३० रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाएर २२९ रन बनायो । ६८ रनमा ५ विकेट गुमेको अवस्थामा नेपालको पारी भीम सार्की, सन्दीप लामिछाने र आरिफ शेखले उकासेका थिए ।

सार्कीले ९९ बलमा ७ चौकाको सहयोगमा महत्त्वपूर्ण ७० रन बनाए । सार्की र लामिछानेले छैटौँ विकेटको साझेदारीमा ५६ रन जोडेका थिए । सन्दीप व्यक्तिगत २७ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेखले सार्कीसँग अर्को ५६ रनको साझेदारी गरेका थिए ।

४४.३ ओभरमा १८० को स्कोरमा सार्की आउट भएपछि आएका करण केसीले एक छक्का र एक चौकाको सहयोगमा १७ रन बनाए । केसी आउट भएपछि आएका प्रतिस जिसीले ६ बलमा एक चौकाको सहयोगमा ११ रनमा अविजित रहे । शेखले ५६ बलमा २ चौका र एक ६ सहित अविजित ४३ रन बनाए ।

यसअघि टप अर्डरका ब्याटरहरु फटाफट आउट भएका थिए । ओपनरद्वय ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए भने कुशल मल्लले दुई चौका र दुई छक्कासहित ३२ बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेल १ रन र दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भएका थिए ।

बलिङतर्फ यूएईका जुनेद सिद्दीकीले ३, रोहन मुस्तफा र आर्यल लाक्राले समान २/२ तथा कार्तिक मेइयापनले १ विकेट लिए । केही बेरमा यूएईले जवाफी ब्याटिङ गर्दैछ ।




भर्खरै