२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई नेपालले दियो २३० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स र पपुआ न्युगिनी सम्मिलित त्रिकोणात्मक शृङ्खलाअन्तर्गत दुई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाएर २२९ रन बनायो । ६८ रनमा ५ विकेट गुमेको अवस्थामा नेपालको पारी भीम सार्की, सन्दीप लामिछाने र आरिफ शेखले उकासेका थिए ।

सार्कीले ९९ बलमा ७ चौकाको सहयोगमा महत्त्वपूर्ण ७० रन बनाए । सार्की र लामिछानेले छैटौँ विकेटको साझेदारीमा ५६ रन जोडेका थिए । सन्दीप व्यक्तिगत २७ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेखले सार्कीसँग अर्को ५६ रनको साझेदारी गरेका थिए ।

४४.३ ओभरमा १८० को स्कोरमा सार्की आउट भएपछि आएका करण केसीले एक छक्का र एक चौकाको सहयोगमा १७ रन बनाए । केसी आउट भएपछि आएका प्रतिस जिसीले ६ बलमा एक चौकाको सहयोगमा ११ रनमा अविजित रहे । शेखले ५६ बलमा २ चौका र एक ६ सहित अविजित ४३ रन बनाए ।

यसअघि टप अर्डरका ब्याटरहरु फटाफट आउट भएका थिए । ओपनरद्वय ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए भने कुशल मल्लले दुई चौका र दुई छक्कासहित ३२ बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेल १ रन र दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भएका थिए ।

बलिङतर्फ युएईका जुनेद सिद्दीकीले ३, रोहन मुस्तफा र आर्यल लाक्राले समान २÷२ तथा कार्तिक मेइयापनले १ विकेट लिए ।

केही बेरमा युएईले जवाफी ब्याटिङ गर्दैछ ।