२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरद र मेरो सम्बन्ध ठीकठाक छ, अंश मुद्दा निजी मामिलाः निशा अधिकारी



अ+ अ-

काठमाडौँ । अभिनेत्री निशा अधिकारीले श्रीमान शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेको खबरकाबीच आफूहरूको सम्बन्ध ठीकठाक चलिरहेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै निशाले आफूहरूबीचको सम्बन्धमा माया, सम्मान र करुणा रहेको उल्लेख गरेकी छन् ।

श्रीमानविरुद्ध अंश मुद्दा हाल्नुको कारण नखुलाएकी अधिकारीले बरु यो आफूहरूको निजी मामिला रहेको बताएकी छन् ।

सबैले नक्कल गर्न नसकिने विभिन्न व्यक्तिका अनुभवहरूप्रति हामी कत्तिको दयालु र स्वीकार्य छौँ भनेर गहन रूपमा सोच्न जरुरी रहेको उनको भनाई छ ।

अधिकारीले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अंश मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी गर्न आदेश दिइसकेको छ । अधिकारीले नाबालक छोरालाई समेत अंश भाग लगाउनुपर्ने माग गरेकी छन् । क्रिकेटर भेषवाकरले भने यसबारे कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् ।

अधिकारी र भेषावकरले २०७४ मा विवाह गरेका थिए । २०७५ मा निशाले अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् ।