५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक उडान खुलेसँगै बढ्यो विमानस्थलमा भीड



अ+ अ-

काठमाडौं । कोभिड – १९ महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुरु भएको छ । कोभिड – १९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो । बिहीबारदेखि आन्तरिक उडान सुचारु भएको हो । 

आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन  र काठमाडौं बाहिर जान सहज भएको छ । हवाई यात्रा मार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुहरुले फेसशिल्ड, मास्क र सेनिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तबरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिएका छन् ।

उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सावधानी अपनाउन यात्रुबीच भौतिक दुरीको पालना गराउन सकिएन भने कोरोनाभाइरस संक्रमणको जोखिम बढ्ने देखिन्छ । वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरुमा बाढी, पहिरो र  दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुहरुको रोजाई हवाई मार्ग हुने गरेको छ । 

आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुहरुको चाप अत्यधिक रहेको छ । काठमाडौंमा यातायातको साधन जोरविजोर प्रणालीमा खुलेर मानिसहरुलाई आवतजावतमा रोक नलगाइँदा विमानस्थलमा मानिसलाई लिन जाने र पुर्‍याउन जानेहरुलाई सहज भएको छ । कोरोना संक्रमणबाट जोगिनका लागि विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनुपर्ने देखिन्छ ।