२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डः कसले कुन अवार्ड जिते ?



अ+ अ-

काठमाडौँ । उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित समारोहमा विष्टलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मानित गरिएको हो । उक्त विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी, फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहालसमेत परेका थिए । विष्टले तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उल्लेखनीय योगदान पूर्याएका थिए । उनले अवार्डसँगै मोटरसाइकल प्राप्त गरेका छन् ।

त्यसैगरी वर्षको उत्कृष्ट महिला खेलाडी भलिबल खेलाडी अरुणा शाहीले जितिन् । उक्त विधामा बक्सिङकी पुनम रावल, एथ्लेटिक्सकी पुस्पा भण्डारी तथा क्रिकेटकी सीताराना मगर र रुबिना श्रेत्री मनोनयनमा परेका थिए । शाहीले बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यापियनसिपमा नेपाललाई उपाधि दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन् । उनले मोटरसाइकलसमेत प्राप्त गरिन् ।

यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडी मनिष डाँगी घोषित भए । उनले फुटबलकी प्रिति राई, बक्सिङका छिरिङ वाङदी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन र भलिबलकी उषा भण्डारीलाई पछि पार्दै उक्त अवार्ड हात पारिन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्डबाट राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्ला अल्मुताइरी सम्मानित भए । उक्त विधातर्फ क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक मर्हजन र भलिबलका जगदिशप्रसाद भट्ट मनोनयनमा परेका थिए ।

यसैगरी पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गतको लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । पल्सर स्पोर्टस् अवार्ड, २०७८ अन्तर्गत स्पेशल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई प्रदान गरिएको छ । ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङशलदेवी तामाङका बुबाआमा दानबहादुर र मायादेवीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितिन् । उक्त विधातर्फ फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा मनोनयनमा परेका थिए ।

पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीलाई प्रदान गरिएको छ । हिजीसँग खेलकुद पत्रकारितामा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव छ । वर्ष पुरुष र महिला, पिपल्स च्वाइस, वर्ष प्रशिक्षक र युवा खेलाडीका विजेतालाई पुरस्कार स्वरुप जनही एक÷एक थान मोटरसाइकल प्रदान गरिएको छ भने अन्य विधाका विजेताले जनही रु ५० हजार प्राप्त गरे ।