२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाच्छिउँ किन आउँछ ? यस्तो छ रोचक तथ्य, जान्नुहोस्



अ+ अ-

काठमाडौं । हाच्छिउँ गर्नु एक प्राकृतिक प्रकृया हो । जसले शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने सिलिया (रौँ) हरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निस्कन्छ । यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ ।

हाच्छिउँ आउने तथ्यहरु : 

१) हाच्छिउ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ ।

२) हाच्छिउ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।

३) हाच्छिउ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुर्नस्फुर्ति ल्याँउछ ।

४) धुवा धुलो चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।

५) नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ ।

६) हाच्छिउ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।

७) हाच्छिउ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

८) आइरहेको हाच्छिउ रोक्नु एकदमै खराब मानिन्छ । त्यसो गर्दा बेगसंग भित्रबाट निस्किएको हाच्छिउको दवाव आँखाका धमनीहरु कानको जाली मस्तिस्क तथा डायफ्राम पर्न गई नराम्रो असर गर्छ ।

९) तर यदि तपाईँलाई हाच्छिउ आउला जस्तो भएको छ भने त्यसलाई भने रोक्न सकिन्छ । नाक कन्याउने, नाक र ओठको बीचको भागलाई औलाले दवाव दिने लामो स्वास लिने गर्दा हाच्छिउ रोक्न सकिन्छ ।

(एजेन्सीको सहयोगमा)