२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैंबु ब्याडमिन्टन सर्कलको उपाधि हेम र खिमको जोडीले जिते



अ+ अ-

ललितपुरः सैंबु ब्याडमिन्टन सर्कलद्वारा आयोजित तेस्रो आन्तरिक पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि हेमबहादुर गुरुङ र खिमबहादुर श्रीसको जोडीले जितेको छ ।

ललितपुर महानगरपालिका वडा न. १८ को मगरगाउँमा आयोजित उक्त प्रतियोगितामा द्वितीय स्थान सुरज थापा र सुरेश तामाङ तथा तृतीय स्थान शंकर थापा र ओमबहादुर खड्काको जोडीले जितेको थियो ।

ललितपुर महानगर वडा १८ को सहयोगमा आयोजित यो प्रतियोगितामा ३० जनाको सहभागिता रहेको थियो । प्रतियोगिता यही फागुन १३ देखि २४ गतेसम्म आयोजना गरिएको थियो ।

प्रतियोगिता समापनका अवसरमा पुरस्कार, पदक र प्रमाणपत्र वितरण गर्दै ललितपुर महानगरपालिका वडा नं १८ का वडाध्यक्ष दामोदर खड्काले खेलकुदले व्यक्ति, समाज र सिंगै विश्वलाई स्वस्थ राख्न मद्दत गर्ने बताउनुभयो । उहाँले स्थानीयवासीलाई खेलकुदमा बढीभन्दा बढी सहभागी गराउन खेलस्थलको सुधार गर्नेतर्फ वडाले ध्यान दिइरहेको बताउनुभयो ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष पूर्णभक्त चित्रकारले सैंबु ब्याडमिन्टन सर्कललाई संघमा आबद्ध गरी प्राविधिक सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमका सभापति एवं समाजसेवी शंकर थापा मगरले मगरगाउँ वडाकै केन्द्रमा रहेको बताउँदै खेलकुदमा स्थानीय सहभागिता बढाउन थप प्रयास भइरहेको र यसमा सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।

त्यस अवसरमा प्रतियोगिताका रेफ्री राजाराम थापाले आफूले प्राप्त गरेको पारिश्रमिकमा रु. ५ हजार थप गरी ब्याडमिन्टन सर्कललाई प्रदान गर्नु भएको थियो ।




भर्खरै