२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ



अ+ अ-

चितवन । ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापालाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको छ । थापा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने व्यवसायी दुर्गा प्रसाईंको ‘कालो दस्ता’ का केन्द्रीय संयोजक हुन् ।

प्रहरीले थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । यही फागुन १३ गते व्यवसायी प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा कार्यक्रम गर्दा थापालाई ‘कालोमोसो दस्ता’ का संयोजक तोकिएको थियो ।

प्रसाईं चितवन आएको दिन थापाको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो । संयोजक थापाले उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए ।

प्रहरीले थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा त्रास सिर्जना गरेको भन्दै पक्राउ गरिएको जनाएको छ । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी गरिएको जनाइएको छ ।