५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको आठौं अधिवेशन आज, अपराह्न चार बजे बैठक बस्दै



अ+ अ-

काठमाडौं । आजबाट (बिहीबार) राष्ट्रिय सभाको आठौं अधिवेशन शुरु हुँदैछ । आजको राष्ट्रिय सभाको आठौं अधिवेशन अपराह्न ४ बजे आहृवान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१)ं बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको आठौं अधिवेशन आहृवान गरेकी हुन् । बैठकको प्रारम्भमा अधिवेशन आहृवान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने भएको हो । 

त्यस्तै यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले पेश हुने कार्यसूची तय गर्नेछ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्ने परम्परा छ । बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिने छ ।

प्रतिनिधिसभा नभएको अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न । प्रतिनिधिसभाको अभावमा मुलुकका समसामयिक र जनजीवीकासँग जोडिएका मुद्दामा प्रतिपक्षीलाई गम्भीर बहस र छलफलका लागि मञ्च भने उपलब्ध हुनेछ ।

हाल राष्ट्रिय सभामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषद्बाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीत सदस्य छन् । पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा. खिमलाल देवकोटा (बागमती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) राष्ट्रिय सभा अधिवेशनमा नयाँ प्रवेशी छन् ।