२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नेपालले पिएनजीसँग खेल्दै



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पपुवा न्यु गिनी (पिएनजी)सँग खेल्दैछ ।

घरेलु टोली नेपालले आजबाट सुरु हुन गइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेल पिएनजीजिरुद्ध खेल्न लागेको हो । नेपाल र पिएनजीबीचको खेल कीर्तिपुरस्थिती टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अर्कोतर्फ ओडिआई मान्यता जोगाउन नेपाललाई चार मध्ये दुई जित पर्याप्त हुनेछ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपालले हार ब्यहोरेको थियो । नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

नेपाली टिम:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी