१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते



symbolic picture
अ+ अ-

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो । उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको ट्र्याक्टर सडकबाट तल खसेको थियो । दुर्घटनामा परी घाइते सातैजनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।