२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनः ४ बजेदेखि मतगणना सुरु गर्ने तयारी



अ+ अ-

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना आज बिहीबार अपराह्न ४ बजेदेखि सुरु गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।

मतगणनाको तयारीका लागि कार्यालयले राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुनेछ । दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेशतर्फ ४४० मत खसेको छ भने संघीय संसद्तर्फ २९५ मत खसेको छ । बेलुका ७ बजेसम्म निर्वाचनको नतिजा आइसक्ने बताइएको छ ।

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२, राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन्  ।

संघीय संसद् सदस्यको मतभार ७९ रहँदा प्रदेशसभा सदस्यको ४८ छ  । राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।