२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबाट तीन जनाको उम्मेदवारी पर्ने देखियोः अध्यक्ष राउत



file
अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निस्कर्षबिहीन भएको र आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बताउनुभएको हो ।

उहाँले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताउनु भयो । उहाँले जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज १० दलको बैठक थियो । उपराष्ट्रपतिको उम्मेदवारको बारेमा छलफल भयो । उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ । हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा रिस्क नलिने भन्नेकुरा भयो । किनभने त्यसमा निर्वाचन आयोगले जुन निर्णय गरेको छ । त्यसमा संविधानको धारा ३८ कोर्ट गरिएको छ । त्यो आधारमा जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्नेछ । आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ । भोलिसम्ममा निस्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ । गठबन्धनबाट ३ जना उम्मेदवार हुने सम्भावना देखिएको छ । जसपाबाट २ जना उम्मेदवार बनाउने अवस्था देखिएको छ ।’

अध्यक्ष राउतले गठबन्धनबाट आज तीन जनाको उम्मेदवारी पर्ने अवस्था देखिएपनि आईतवारसम्म सर्वसम्मतिले एक जना मात्रै उम्मेदवारी हुने स्पष्ट पार्नुभयो ।