काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको दौडधुप बढेको छ । यसैबीच उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्।
निधि वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटारस्थित उनकै निवास पुगेका हुन्।
प्रकाशमान सिंह निवास चाक्सीबारीमा मंगलबार निधि, कोइराला र सिंहबीच पार्टी सभापतिमा यसअघि उठिसकेका नेताहरूसँग छलफल गर्ने सहमति भएको थियो ।
साथै उनीहरूले शुक्रबार महामन्त्री कोइराला निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल पनि गर्ने सहमति गरेका थिए।
सभापतिमा उठ्ने तयारी निधिको छ । उनले पौडेललाई भेटेर आज यसबारे कुराकानी गरेका थिए। आफू सभापतिमा उठ्न लागेकोले पौडेललाई सहयोग गर्न उनले आग्रह गरेको स्रोतले बताएको छ ।
यद्यपि पौडेलले महाधिवेशनका लागि तयारी गर्न समय रहेको भन्दै पहिले समायोजनका कामहरू र क्रियाशील सदस्यतामा देखिएका विवादबारे हल गर्न सहयोगी भूमिका खेल्न निधिलाई आग्रह गरेका छन् ।
पौडेल र निधिबीच समायोजन विवाद सुझ्याउनेलगायत विषयमा छलफल भएको बुझिएको छ ।












