२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङको ङिस्याङ गाउँपालिकाको हिममातपछिको अबस्था – फोटो फिचर



अ+ अ-

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको बस्ती ढाकिने गरी हिमपात भएको छ । लामो समयपछि शुक्रबार हिमपात भएको मनाङमा शनिबार मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डे (३,३०० मि) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा पनि हिमपात भएको छ ।

हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपात भएपछि स्थानीयवासी घर बाहिर निस्किन सकिरहेका छैनन् ।

समयमा हिमपात नहुँदा किसानहरु चिन्तित थिए । अहिले हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुसी भएका छन् । यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी हिमपात भएको छ । माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुने किसानहरुले अपेक्षा गरेका छन् ।

जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि किसान खुसी भएका हुन् ।

समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन तर पनि अहिले हिमपात हुँदा स्याउका जरामा पनि केही मात्रमा पानी पुग्ने यहाँका स्थानीयवासीले बताएका छन् । जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ ।