२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नेपालद्वारा यूएईसमक्ष २४९ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतले नेपालले यूएईलाई २४९ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन जोडेको हो ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रनको योगदान दिए । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे । यस्तै, आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा, ३२ बल खेलेका गुल्शन झा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन जोडेर आउट भए । यसैगरी दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन जोडे भने गरी भीम शार्कीले ३७ बलमा २९ रनको योगदानी दिए ।

यूएईका रोहन मुस्ताफा, जवार फरिद, आर्यान अफ्जल खान र जहुर खानले दुई–दुई विकेट लिँदा आर्यान लाक्रा, जुनैद सिद्दीकीले एक–एक विकेट लिए ।