काठमाडौं । आज बजारमा सुनको मुल्यमा गिरावट आएको छ । सुनको मुल्य तोलामा रु ६ सयले घटेको छ ।
हिजो (मंगलबार) प्रतितोला रु ९० हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) रु ६ सयले घटेर प्रतितोला रु ९० हजारमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ८९ हजार ५ सय ५० कायम भएको छ ।
यता चाँदीको मुल्य पनि प्रतितोला रु १२९० रुपैयाँमा कायम भएको छ ।







