२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित हलिउड र्‍यापर कोस्टा टिचको निधन



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍यापर तथा संगीतकार कोस्टा टिचको निधन भएको छ ।

उनको उमेर मात्र २७ वर्ष थियो । कोस्टा टिच शनिबार अर्थात मार्च ११ मा जोहानेसबर्गमा भएको अल्ट्रा म्युजिक कन्सर्टमा परफर्म गरिरहेका थिए ।उनी गीत गाउँदै गर्दा स्टेजमा लडे । कोस्टा टिचको यो अन्तिम प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा कोस्टा टिच स्टेजमा प्रस्तुति दिइरहेका छन् । यस क्रममा उनी दुई पटक लडिरहेको देखिन्छ । एक पटक आफूलाई सम्हाल्छन् तर केही समयपछि फेरि लडिरहेको देखिन्छ । यद्यपि र्‍यापरको मृत्युको कारण भने खुल्न सकेको छैन । निधनको सार्वजनिक हुने बित्तिकै कोष्टा टिचको निधनले सबै कलाकार, संगीत क्षेत्र र उनका फ्यानहरु स्तब्ध भएका छन् ।

कोस्टाको जन्म सन् १९९५ मा नेल्सप्रुटमा भएको थियो । कोस्टा ‘एक्टिभेट’ र ‘नकलकथा’ जस्ता हिट एल्बमबाट परिचित थिए । उनले हालै अमेरिकी गायक एकोनसँगको रिमिक्स रिलिज गरेका छन् । उनको अचानक मृत्युले दक्षिण अफ्रिकी संगीत उद्योगलाई पनि स्तब्ध बनाएको छ ।




भर्खरै