काठमाडौं । आज पाँच विद्यार्थी संगठनले काठमाडौं उपत्यकासहित ७७ जिल्लामै प्रदर्शन गर्न लागेका छन्। उनीहरुले प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शन गर्न लागिएको बताएका छन्। बिहान ११ बजेपछि प्रदर्शन गरिने बताईएको छ ।
विपक्षी गठबन्धनमा रहेका दलका भातृ विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त रूपमा प्रदर्शन गर्न लागेका हुन्।
पाँच विद्यार्थी संगठनले आज देशैभर संयुक्त रूपमा प्रदर्शन गर्न लागेको अखिल क्रान्तिकारीले बताएको हो ।












