२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘छक्का पञ्जा ४’ को संवादमा सहकारी महासंघले जनायो आपत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले नेपाली फिल्म ‘छक्कापञ्जा ४’ को संवादप्रति आपत्ति जनाएको छ । फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको भन्दै सो संवाद हटाउन महासंघले माग गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलद्वारा जारी विज्ञप्तीमा उक्त संवादले समग्र सहकारीमाथिको अपमान गराएको जनाइएको छ । अध्यक्ष कडेलले चलचित्र विकास बोर्डलाई संवाद हटाउन पत्र समेत पठाएको जनाएका छन् ।

महासंघले पत्रमा लेखेको छ, ‘पछिल्लो समय आर्थिक संकुचनका कारण सबै क्षेत्रमा जस्तै सहकारीमा पनि समस्या परेको छ । यहि सन्दर्भलाई लिएर आमा सरस्वती मुभिजद्वारा निर्मित चलचित्र छक्का पञ्जा ४ मा सहकारी सम्बन्धी ‘लाञ्छनायुक्त एवम नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको ध्यानाकर्षण भएको छ ।’

उक्त फिल्मको संवादमा, ‘श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ’, त्यसपछि महिला पात्र भन्छिन्, ‘अनि म चाँही के नि ?’ त्यसपछि पुरुष पात्रले जवाफ दिन्छ, ‘सहकारी भाग्न पनि सक्छ ।’ भन्ने थियो । यही संवादलाई लिएरसहकारी अभियानले आपत्ति जनाएका हुन् । फागुन १९ गतेदेखि प्रर्दशनमा आएको फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । दुई सातासम्ममा फिल्मले १० करोड बढीको कमाई गरेको बताइएको छ ।