२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चा जन्माइसकेका महिलाले ध्यान दिनैपर्छ यी कुरा



अ+ अ-

काठमाडौं । प्रजनन उमेरका महिलालाई उनीहरूको शरीरमा भएका विशेष हर्मोनहरूले प्राकृतिक रूपमा धेरै समस्याहरूबाट बचाएका हुन्छन् । ३५ वर्ष उमेर कटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ ।

शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको घनत्व पनि कम हुँदै जान्छ। यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन । तर ४५ देखि ५० वर्ष पार गरेका महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा कतै सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ।

यसरी हाडको घनत्व कम हुँदै गएर हुने रोगलाई अस्टिओपोरोसिस भन्छन् । हाडको यो रोग लागेको बेलामा प्रायः नाडी, हिप र मेरुदण्डका हाडहरू भाँचिने सम्भावना बढी हुन्छ । हाड भाँचिने समस्याबाहेक यस रोगको कारणले शरीर पनि कुप्रो हुँदै जान्छ र दैनिक क्रियाकलाप गर्न पनि गाह्रो हुन्छ।

नदेखिने गरी हाडको घनत्व कम हुँदै हात कमजोर हुने तथा यो रोग लागिसकेपछि पनि लामो समयसम्म थाहा नहुने भएकोले यसलाई ‘मौन रोग’ (साइलेन्ट डिजिज) भनेर पनि भनिन्छ । किनभने धेरैजसो कतै लडेर हाड भाँचिएपछि एक्सरे गराएपछि मात्र यो रोग लागेको थाहा हुन्छ ।

चिकित्सा विज्ञानले निकालेको निष्कर्षअनुसार एस्ट्रोजेनबाहेक अन्य तत्वहरूले पनि यो रोग लाग्नुमा भूमिका खेल्छन्। मानिसको शरीरमा भएका हाडहरू कोषिका र हाडमासीबाट बनेका हुन्छन्। हाड बन्ने प्रक्रियामा क्याल्सिमय र भिटामिन डीको ठूलो भूमिका हुन्छ।

रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जीर्णोद्धार गर्ने प्रक्रियामा लगातार मद्दत पुर्‍याइरहेको हुन्छ । रगतमा क्याल्सियम कम भयो भने हाडमा भएको क्याल्सियम पनि कम हुन्छ र हाड कमजोर हुन्छ।

यदि तपाई शाकाहारी हुनुहुन्छ भने शरीरमा क्याल्सियमको मात्रा एक दिनमा ८०० मिलिग्राम चाहिन्छ। यदि मांसाहारी हुनुहुन्छ भने एक दिनमा १२०० मिलिग्राम क्याल्सियम चाहिन्छ।

मानिसको शरीरमा आन्तरिक प्रक्रियाका निम्ति पनि क्याल्सियम आवश्यक पर्छ। वयस्क मानिसको शरीरलाई दिनभरिका लागि पुग्ने क्याल्सियम चार कप दूध तथा तीन(चार कप दही वा तीन कप भटमासमा पाउन सकिन्छ।

मौन रोगबाट बच्न क्याल्सियमका साथै हामीले अत्यन्तै ध्यान दिनुपर्ने अर्को तत्व पनि छ। त्यो हो, भिटामिन ‘डी’। यसले हाम्रो शरीरको हाडका लागि अत्यन्त महत्व राख्छ। भिटामिन डी सूर्यको किरणमा पाइन्छ। भिटामिन डीले शरीरमा क्याल्सियमको शोषण राम्रोसँग गर्नमा मद्दत गर्छ।

यदि भोजनमा क्याल्सियम मात्र छ र भिटामिन डी शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान सक्छ। सूर्यको किरणका अतिरिक्त भिटामिन डीका अरू स्रोत अन्डा र माछा पनि हुन्।

हाडको घनत्व कम भएर लाग्ने अस्टिओपोरोसिसका सम्बन्धमा युरोपेली र अमेरिकाली महिलाहरूमा थुप्रै अध्ययन र अनुसन्धानहरू भएका छन्।

त्यसैगरी छिमेकी मुलुक भारतमा भएको एक अनुसन्धानमा झन्डै ६ करोड भारतीय यस रोगबाट पीडित भएको तथ्य सार्वजनिक भएको छ। त्यसमा ७० प्रतिशत महिला थिए ।

महिला र पुरुष दुवैलाई हुने भए पनि महिलामा यो रोग बढी देखिएको छ। यसको प्रमुख कारण महिलाहरूको प्राकृतिक बनावट हो। महिलाहरूको हाडको घनत्व पुरुषहरूको भन्दा कम हुन्छ।

महिलाहरू प्रजनन उमेरमा रहुन्जेल उनीहरूको शरीरमा रहेको हर्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ । तर जब महिनावारी सुक्ने समय नजिक आउँछ त्यसपछि शरीरमा हर्मोनहरू कम हुँदै जान्छन्। त्यस बेलामा हाडको घनत्व पनि कम हुँदै जान्छ ।

पुरुषहरूलाई उनीहरूको शरीरमा रहेको टेस्टोस्टेरोन नामक हर्मोनले यस रोगबाट बचाउन मद्दत गर्छ। तर ५० देखि ६५ वर्षको उमेरपछि पुरुषहरूको शरीरमा पनि यो समस्या देखा पर्न थाल्छ। यो रोग लाग्नुमा हर्मोनबाहेक अन्य कारण पनि छन् ।