काठमाडौं । आज बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । सुनको मुल्य तोलामा रु एक सयले घटेको छ ।
हिजो (सोमबार) प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगदबार) रु एक सयले घटेर प्रतितोला रु ९० हजार ६ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९० हजार एक सय कायम भएको छ ।
यता चाँदीको मुल्य पनि प्रतितोला रु १३०० रुपैयाँमा कायम भएको छ ।







