२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो’



अ+ अ-

कीर्तिपुर । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकहरूले समवेत स्वरमा भने, “प्रधानमन्त्रीज्यू, दर्शक अट्ने रङ्गशाला चाहियो ।”

दर्शकहरूले क्रिकेट हेर्न कीर्तिपुर पुग्नभएका राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्र्रेसका नेता डा प्रकाशशरण महत, नेकपा (एमाले) नेता रघुजी पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीदेखि कांग्रेस नेता प्रदीप पौडेलसम्म अट्ने रङ्गशाला चाहिएको अनुरोध गरे । प्रधानमन्त्री दाहालसँगै भरतपुर महानगर प्रमुख रेणु दाहाललाई पनि देखेपछि दर्शकहरूले फेरि भन्न थाले, “दिदी, रङ्गशाला चाहियो ।”

नेपाली क्रिकेट इतिहासकै महत्त्वपूर्ण जित हासिल भएको आजको खेलमा नेपाल विरुद्ध कुनै देशले बनाएको सबैभन्दा ठूलो योगफलमात्र होइन दर्शकको उपस्थिति पनि ऐतिहासिक भन्न लायक थियो ।

आयोजकहरूका अनुसार ११ हजार वटा टिकट बिक्री अघिल्लो दिन नै भएको थियो । तर टिकट किन्नेमध्ये धेरैले भित्र पस्न पाएनन् । टिकट खरिदकर्ता र सञ्चार माध्यमलाई प्रवेशका लागि तोकिएको ६ नम्बर गेटमा खेल सुरु हुँदा नहुँदै अत्यधिक चाप भएपछि प्रहरीले गेट नै बन्द गरिदिएको थियो । परिणामस्वरूप धेरै क्रिकेट प्रेमीहरू रङ्गशाला वरिपरिका अग्ला स्थान र रुखमा समेत चढन बाध्य भएका थिए । सँगैको आयुर्वेद विभागको छतसमेत पूरै भरिएको थियो । भिड बढदै गएपछि प्रहरीले बलपूवर्क पाखा लगाएको थियो । त्यसपछि त्यहाँ केही बेर नाराबाजीसमेत भयो ।

“यो अवस्थाले कीर्तिपुर रङ्गशालाको संरचनालाई जतिसक्दो ठूलो बनाउनुपर्ने देखियो”, त्यहाँ खेल हेर्न पुगेका नेपाली कांग्रेसका नेता प्रदीप पौडलले रासससँग भन्नुभयो ।

खेलमा जीतसँगै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । तर देशमा हालसम्म एउटा पनि अन्तर्राष्ट्रियस्तरको रङ्गशाला छैन भन्नुपरेको नेपाल क्रिकेट सङ्घ ९क्यान०का पदाधिकारीहरू बताउँछन् । “एउटा भन्नु त्यही त्रिवि रङ्गशाला छ जहाँ प्यारापिट छैन, राति र दिनमा पनि खेलाउन सकिने फ्लड लाइटहरू छैनन् र चाहे जति दर्शकलाई खेल देखाउन पनि सक्दैनौँ”, क्यानका सचिव दीर्घराज पाठकले राससलाई भन्नुभयो । उहाँका अनुसार अहिलेको रङ्गशालामा थोरै सुधार गर्ने हो भने पनि झण्डै २० हजार दर्शक अटाउन सक्छन् । आज भने ११ हजार टिकट मात्र बिक्री गरिएको उहाँले बताउनुभयो ।

क्यानले यसबारे सरकारलाई धेरै पटक ध्यानाकर्षण गराइसकेको जानकारी पनि पाठकले दिनुभयो । “स्रोतको अभावका कारण चाहेर पनि धेरै गर्ने सक्ने अवस्था छैन । अर्कोतर्फ त्रिविको स्वामित्व भएको जमिनमा केही गर्न उसको पनि सहमति चाहिन्छ”, उहाँको भनाइ छ ।

त्रिविबाहेक उपत्यकामा मूलपानी लगायतका स्थानमा रंगशाला र बाहिरका रङ्गशालालाई पूर्ण क्षमतामा चलाउन नसक्दासम्म नेपाली क्रिकेटको व्यवस्थापन राम्रो हुन नसक्ने देखिने बताइएको छ । रासस