काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भन्दै ठगी गर्नेविरुद्ध स्थानीय प्रशासन अथवा मन्त्रालयमा उजुरी गर्न आग्रह गरेको छ ।
मन्त्रालयले हालसम्म नेपालमा सरकारी निकायबाहेक अन्य क्षेत्रलाई कोरोनाविरुद्धको खोप वितरणको अनुमति नदिएको प्रस्ट्याउँदै यस्तो आग्रह गरेको हो ।
आफ्नो पालो कुरेर सरकारले दिएको निशुल्क खोप लिन र पैसा तिरेर किन्ने हतारमा ठगीको शिकार नबन्न मन्त्रालयले भनेको छ ।













