५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा माओवादीद्वारा प्रदेशसभा बैठक अवरुद्ध



अ+ अ-

विराटनगर । प्रदेश १ को विपक्षी दल (माओवादी केन्द्र)ले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । 

आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै माओवादी केन्द्रले सोमबार बैठक अवरुद्ध गरेको हो । 

जब सभामुख प्रदिपकुमार भण्डारीले सदन सुरु गर्न लागे तब माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अवरुद्ध गरेका थिए । 

सदन अवरुद्ध गरेपछि सभामुख भण्डारीले माओवादी केन्द्रका एक जना प्रदेशसभा सदस्यलाई आफ्ना कुरा राख्न समय दिएका थिए ।

सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि नबसेपछि मंगलबार साढे १२ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।