२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुड्दै गरेको विमानबाट यात्रु हाम फालेपछि…



अ+ अ-

काठमाडौं । अमेरिकामा पछिल्लो समय उडानका बेला हुने घटनामा वृद्धि भएका छन्। यो वर्ष मात्र झण्डै ३ हजारवटा त्यस्ता घटनाहरू भएको बताइएको छ।

स्थानीय समय अनुसार साँझको सात बजेर १० मिनेट जाँदा साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेसको फ्लाइटमा उक्त घटना भएको थियो।

ट्याक्सी वेबाट धावनमार्गतर्फ जाने क्रममा चालक दलले ती यात्रु आफ्नो सिटबाट उठेको देखेका थिए।

उनीहरूका अनुसार उनी आपत्कालीन ढोकातर्फ लाग्नुभन्दा पहिले ककपिटको ढोकातर्फ अघि बढेको बताएको एनबीसी न्यूजले लेखेको छ।

अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना पुरुषले विमानबाटै हाम फालेका छन्।

ती पुरुषले विमानको ढोका खोल्दै आपत्कालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ। उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्‍याइएको थियो।

२५ मेसम्ममा ३९४ जना यात्रुहरूले 'चालक दलको काममा हस्तक्षेप गरेको' एफएएको विवरणमा भनिएको छ। गतसाल वर्षभरमा १८३ जना यात्रुहरू अनुसन्धानको दायरामा आएका थिए। (एजेन्सी)