२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने लागेको थिएन – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने नसोचेको बताउनु भएको छ ।

तेस्रोपटक प्रधानमन्त्री भएको तेस्रो महिनामा नै दोस्रोपटक प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

सत्ता साझेदार दलहरुबीच कुनै नीतिगत भिन्नता नभएको र व्यक्तिगत सम्बन्ध पनि सुमधुर भएकै अवस्थामा दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाई छ ।

यस्तै, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रस्तावपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएकाले पुनः विश्वासको मत लिनुपरेको जनाउँदै समर्थन फिर्ता लिने निर्णयको प्रतिरक्षा सम्बन्धित दलले नै गर्ने बताउनुभयो ।