२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग



अ+ अ-

काठमाडौँ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।

आज पत्रकार सम्मेलन गर्दै हानले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको बताएको छ । हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुर्नसंरचना तथा पुनर्तालिकीकरण गर्न समेत आग्रह गरेको छ ।

अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्न समेत नसक्ने अवस्था आएको हानको भनाइ छ ।