८ असार २०८३, सोमबार
,
Latest
सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्न लागेको हो ।

आज बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।

यसैगरी जसपाले चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले यही चैत २७, २८ र २९ गते आफ्नो विधान अधिवेशन गर्ने निर्णय गरेकाले उक्त विषयको तयारीका लागि पनि आजको बैठक बोलाइएको बताइएको छ ।