२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानलाई ज्यान मार्ने धम्कीपछि उनका बुबा सलीम रातभर सुत्दैनन्



अ+ अ-

एजेन्सी । मार्च १९ मा बलिउड अभिनेता सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट इमेलमार्फत ज्यान मार्ने धम्की आएको थियो । त्यसयता उनको घर ग्यालेक्सी अपार्टमेन्टको सुरक्षा बढाउँदै अस्थायी प्रहरी चौकी बनाइएको छ । यसमा दुई जना सहायक प्रहरी निरीक्षक (एपीआई) र ८–१० हवल्दार २४ घण्टा खटिनेछन् ।

अहिले सलमानका एक नजिकका साथीले सलमानले यी सबै धम्कीप्रति सामान्य प्रतिक्रिया दिइरहेको खुलासा गरेका छन् । उनको सामान्य प्रतिक्रियाको कारण उनी आफ्नो परिवारका सदस्यहरू रिसाएको चाहँदैनन् भन्ने आंकलन गरिएको छ । यो धम्कीबाट पूरै परिवार डराएका छन् ।

सलमानका नजिकका साथीले ईटाइम्सलाई दिएको अन्तर्वार्तामा भने कि उनका बुबा सलीम धेरै शान्त छन्, तर उनको परिवारलाई थाहा छ कि उनी आजकल राती राम्ररी सुत्न सक्दैनन् ।

साथीले यो पनि भनेका छन् कि सलमान धम्कीपछि कडा सुरक्षा व्यवस्थाको विरुद्धमा छन् । जे हुनु पर्ने हो, भइहाल्छ भन्ने सलमानको बिचार छ । तर, पारिवारिक दबाबका कारण उनले फिल्म ‘किसी का भाइ किसकी जान’ को पोस्ट प्रोडक्सन बाहेकका सबै योजना रद्द गरेका छन् । छायांकन र प्रवर्द्धन पनि रोकिएको छ ।




भर्खरै