२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक संघले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न हाम्रो साझा प्रयत्न आवश्यक रहेको भन्दै संघले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधार वेगर मुलुकको हित हुँदैन भन्दै संघीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पार्नुभएको थियो । संघका अध्यक्ष राजेन्द्रराज पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गर्नुभया भने संघका महासचिव सोमनाथ गिरीले सम्मानपत्र वाचन गर्नुभएको थियो