२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक बज्छ गोरखामा विजयी बिगुल (भिडियो- फोटो फिचर)



अ+ अ-

गोरखा । गोरखामा दैनिक विजयी बिगुल बज्नेगर्छ अहिले । त्यसो त दिनदिनै गोरखाले विजय प्राप्त गरेका कथाहरु जन्मिँदैनन् । हारेकै पनि कहाँ छ र गोरखाले ? गोरखाले हारेको इतिहास कहीँ भेटिँदैन । सायद त्यसैले होला अहिले दिनदिनै विजयी विगुल बज्दैछ गोरखामा ।

गोरखा नगरपालिका–६ स्थित ठूलो आँगनमा सूर्योदय र सूर्यास्तको समयमा  बज्ने गर्छ यो बिगुल । गएको पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिकसँगै नेपालको नक्सा अंकित मनोग्राम र नेपालको झण्डा राखिएको स्थानमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण गर्न सुरु गरेको छ । त्यसयता यहाँ दैनिक विजयी बिगुल बज्ने गरेको छ ।
नेपाली सेनाको पहलकदमी र गोरखा नगरपालीकाको सहयोगमा ७ फिट ३ इन्च उचाइको ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदलको सालिक स्थापना गरिएको छ ।

शार्दुल जंग गुल्म नं ११ का सैनिकले गुरुज्यूको पल्टनले लगाउने पोसाक दैनिक सलामी अर्पणसँगै परेड प्रदर्शनी गर्ने गरेका छन् । नेपाली सेनाको पृथ्वीनारायण शाहकालीन सेना (गुरुज्यूको पल्टन) ले सलामी अर्पण तथा परेड संचालन भैरहेको छ ।

नेपाल राष्ट्रको गैरवशाली इतिहास र राष्ट्रिय एकीकरण अभियानलाई जनमानसमा दीर्घकालीन रुपमा जीवन्त राख्न तथा पृथ्वीनारायण शाहको उचित सम्मान दिने उद्देश्यले सलामी कार्यक्रमको थालनी गरिएको नेपाली सेनाले जनाएको छ । ‘राष्ट्रनिर्माता लाई दिइने सलामीका समयमा बजाइने बिगुल काठमाडौँ र गोरखामा मात्र बजाइने गरेको छ । बिगुल गोरखादरबार परिसरमा रहेको शितलपाटीबाट बजाउने गरिन्छ ।

तत्कालीन सयममा युद्धका बेला बिहान बिगुल बजेपछि सैनिकहरु तयार हुने र साँझको बिगुल बजेपछि युद्ध रोक्ने चलन थियो । ठूलो आँगनमा सूर्योदय र सूर्यास्तमा हुने राष्ट्रनिर्माता सलामी अर्पण कार्यक्रमले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्ने स्थानीय ईश्वरकाजी मास्केले बताउनुभयो । उहाँले भन्नुभयो– यो अभियान गोरखाका लागि मात्र होइन नेपालका लागि नै एउटा गौरबको विषय हो । यसले आन्तरिक तथा वाह्य पर्यटकलाई गोरखा तथा नेपाल एकीकरणको इतिहास बुझ्न निकै सहयोगी हुन्छ ।

गोरखा नगरपालिकाकाका वातावरण अधिकृत ध्रुब घिमिरेका अनुसार यो अभियानले गोरखा तथा नेपाल एकीकरणको इतिहासलाई जगेर्ना तथा प्रवद्र्धन गर्न ठूलो मद्दत पुग्दछ । उहाँले भन्नुभयो– वाह्य र आन्तरिक पर्यटकलाई गोरखाका बारेमा बुझाउनका लागि कोशेढुङगा साबित हुन्छ । राष्ट्रनिर्माताप्रतिको सम्मानले इतिहासको पनि उच्च सम्मान भएको छ ।
नेपाल एकीकरणको समयमा गोरखा दरबारबाट विभिन्न बाजागाजा बजाइ ठूलो आँगन इलाकामा आफ्ना सेनालाई सामेली, ब्रिफ्रीङ, तथा अन्य विविध कार्यक्रमको आयोजन गर्ने गरेको परम्परालाई जीवन्त राख्न यो अभियान सहयोगी सिद्ध हुनेछ ।

नेपाल एकीकरणका मुख्य अभियन्ता र नयाँ नेपालका प्रणेता तत्कालीन बडामहाराजधिराज पृथ्वीनारायण शाहप्रतिको मात्र नभएर यो सम्मान सिंगो मुलुक प्रतिकै हो र यसले नेपालको इतिहासलाई नेपालीमाझ जीवन्त बनाइराख्न सहयोग पुग्ने छ । त्यसैले नेपाली सेनाको यस कार्यको सर्वत्र प्रशंसा गरिएको छ ।