२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहार मुद्दा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्ने भएको छ ।

मंगलबार नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी एक कार्यक्रममा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले नाराबाजी गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई पक्राउ गरी अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यलय काठमाडौँबाट म्याद लिन लागेको जनाएको छ ।

उनीहरुले प्रहरीसँगको बयानमा आफूहरु नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको र बैंकको ब्याज निकै महँगो भएकाले घटाउनुपर्ने आफूहरुको माग भएको बताएका छन् ।