२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशः कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।

केन्द्रमा कांग्रेस–माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनमा भएको सहमति अनुसार सरकार निर्माण गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

बागमतीमा राप्रपाले सरकार छाडेपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् । त्यसका लागि बुधबार प्रदेशसभा बैठक बोलाइएको छ ।

तर, कांग्रेसका सांसदहरु आजको बैठकमा उपस्थित नहुने भएपछि प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको छ । हालसम्म बैठक स्थगित भएको सूचना बाहिर आएको छैन ।