काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १६ गते आह्वान गरेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल-खनाल समूह अनुपस्थित हुने भएको छ ।
पार्टी एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको भन्दै सो समूह बैठकमा नजाने भएको हो ।
एमाले विवाद समाधानका लागि २०७५ जेठ २ मा पार्टीलाई फर्काउने विषयमा नेताहरुबीच अनौपचारिक छलफल भइरहेका बेला अध्यक्ष ओलीले आफू पक्षीय स्थायी समिति बैठक बोलाएर आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेका छन् । ।












