२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३० अङ्कले घटेर तीन सय ६३ दशमलव ९१ मा झरेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ३७ लाख ७७ हजार चार कित्ता शेयर रु एक अर्ब ३३ करोड ३७ लाख १९ हजार नौ सय २९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । यो कम्पनीको रु नौ करोड १९ लाख ९८ हजार २४ बराबरको शेयर कारोबार भयो ।

त्यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २४ लाख ९५ हजार चार सय ९४, हिमालयन डिस्टिलरीको रु चार करोड ५० लाख ५५ हजार चार सय ८७, नविल बैंकको शेयर रु तीन करोड ६३ लाख ८७ हजार चार सय २५ र शिवम् सिमेन्टको रु तीन करोड ५५ लाख २७ हजार चार सय ६४ बराबरको शेयर कारोबार भएको छ ।

आजको कारोबारमा मायाँ खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै सपोर्ट माइक्रो फाइनान्सको छ दशमलव ११, स्वाभिमान लघुवित्तको तीन दशमलव ६३ र इस्र्टन हाइड्रोपावरको तीन दशमलव १४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै आजको कारोबारमा बोट्लर्स नेपाल (तराई)को सात दशमलव ६२, सानिमा ग्रोथ फण्डको पाँच दशमलव ८५, धौलागिरि लघुवित्तको पाँच दशमलव ३९, मानुषी लघुवित्तको पाँच दशमलव शून्य तीन र न्यादी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव १४ प्रतिशतले घटेको छ ।