२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बढाउनुहोस् रोगसँग लड्ने क्षमता



अ+ अ-

काठमाडौं । हरेक मानिससँग कुनै पनि रोगसँग लड्ने क्षमता फरक फरक हुन्छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएका मानिसहरु कम बिरामी हुन्छन् भने यो क्षमता कम भएका मानिसलाई धेरै रोग लाग्छ भन्ने धेरैलाई थाहा भएकै कुरा हो । तर, कसरी रोगसँग लड्ने क्षमता बढाउने र त्यसमा कसरी सुधार गर्ने भन्ने कुरा धेरैलाई थाहा हुँदैन । साथै, यो धेरै मानिसको चासोको विषय पनि हो ।

केले बढाउँछ रोगसँग लड्ने क्षमता ?

मानिसको जीवनशैलीले प्रत्यक्षरुपमा रोगसँग लड्ने क्षमता बढाउँछ भन्ने अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन । तर, खानेकुरा, शारीरिक अभ्यास, उमेर, मनोवैज्ञानिक दबाब र अन्य विभिन्न पक्षको सकारात्मक असर रोगसँग लड्ने क्षमतामा पर्छ । यस्तोमा रोगसँग लड्ने क्षमता बढाउन स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

रोगसँग लड्ने क्षमता बढाउने उपायहरु : 

– धुम्रपान नगर्नु

– तरकारी र फलफूल खानु

– नियमित शारीरिक अभ्यास

– तौल सन्तुलनमा राख्नु

– अल्कोहल ठिक मात्रामा मात्र खानु

– पर्याप्त सुत्नु

– राम्रोसँग हात धुने र राम्ररी पाकेको खानेकुरा मात्र खाने

– तनाव कम गर्ने प्रयास

प्रतिरक्षा प्रणाली र उमेर

उमेरसँगै मानिसको रोगसँग लड्ने क्षमता पनि कमजोर बन्दै जान्छ । यसले मानिसलाई धेरै रोगको संक्रमण हुन्छ र यसले क्यान्सरसम्मको जोखिम बढाउँछ । धेरै अध्ययनले पनि युवा अवस्थामाभन्दा बृद्ध हुँदै गए पनि कुनै पनि रोगको संक्रमण हुने खतरा पनि बढी हुन्छ । ६५ वर्षभन्दा बढी उमेरका मानिसको मृत्युको कारण इन्फ्लुएन्जा, श्वासप्रश्वासको संक्रमण र निमोनिया छन् ।

वृद्ध मानिसमा कुनै पनि रोगको संक्रमण भए पनि त्यसबाट निको हुन पनि गाह्रो हुने अध्ययनले देखाएको छ । इन्फ्ुएन्जाको खोप पनि ६५ वर्षभन्दा बढी उमेरका मानिसमा कम प्रभावकारी देखिएको थियो । यस किसिमको खोप स्वस्थ बालबालिकामा भने निकै प्रभावकारी हुने गरेको छ । कम प्रभावकारी भए पनि यस किसिमको खोपले वृद्ध मानिसको मृत्यु तथा बिरामि हुने दरमा पनि कमी आएको छ ।

खानेकुरा र प्रतिरक्षा प्रणाली

प्रतिरक्षा प्रणाली राम्रो हुन मानिसको आहार पनि राम्रो बन्न सक्छ । राम्रो, नियमित पौष्टिक आहारले मानिसको प्रतिरक्षा प्रणाली पनि राम्रो बन्न पुग्छ । वैज्ञानिकहरुका अनुसार गरिबीको रेखामुनि रहेका र पौष्टिक तत्वको अभावको सामना गरेका मानिसमा कुनै संक्रामक रोगसँग लड्नसक्ने क्षमता पनि कम हुन्छ । पौष्टिक आहारमा पाइने जिंक, सेलेनियम, आइरन, फोलिक एसिड र भिटामिनहरुले मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

तनाव र प्रतिरक्षा प्रणाली

मानिसमा लाग्ने धेरै रोगको सम्बन्ध उनीहरुले लिने तनाव निर्भर हुने गरेको छ । मानिसको तनावको कारण पेट दुख्ने, मुटुको रोग लगायतका समस्या लाग्नसक्छ । तनावको र मानिसको प्रतिरक्षा प्रणालीको विषयमा धेरै कुरा पत्ता लाग्न बाँकी छ । तर, मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउन तनाव कम गर्दै जानुपर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

शारीरिक अभ्यास

स्वस्थ जीवनको लागि नियमित अभ्यास सबैभन्दा महत्वपूर्ण आधार हो । यसले मानिसको स्वास्थ्यमा सुधार हुने गरेको छ । नियमित अभ्यासले मानिसको रक्तचाप कम गर्ने, तौल सन्तुलनमा राख्ने र अन्य विभिन्न किसिमको रोगबाट बचाउँछ । नियमित अभ्यासले पनि स्वस्थकर खानाले जस्तै मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न सहयोग पुर्‍याउँछ । (एजेन्सीको सहयोगमा)