२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलार हिटरको विज्ञापनबारे करिश्मा– दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन



अ+ अ-

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले अभिनय गरेको बोस सोलार हिटरको विज्ञापनलाई लिएर केही दिनदेखि विरोध र टीकाटिप्पणी भइरहेको छ । विवादमा तानिएपछि करिश्माले आफ्नो मुख खोलेकी छन् । उनले विज्ञापनमा भएको त्रुटि स्वीकारदै सुधार हुने आशा राखेकी छन् ।

‘कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन । त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचारको काममा मेरो उपस्तिथि रहने भएपनी प्रचार निर्माण सामाग्रीमा मेरो हात हुदैन ‘, करिश्माले सामाजिक सञ्जालमा लेखेकी छन् ।

करिश्माले दर्शकको प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको बताउँदै आफ्नो हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिएकोमा आभारी व्यक्त गरेकी छन् ।