काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। महाधिवेशन केन्द्रित हुने सभापति शेरबहादुर देउवाले आजको बैठक बोलाएका हुन् । बैठक आज (आइतबार) दिउँसो २ बजेका लागि बोलाएका छन्।
बैठकमा महाधिवेशनका तयारीबारे छलफल हुने बताईएको छ । कांग्रेसमा यतिबेला क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीबारे छानविन भइरहेका छन्। क्रियाशील सदस्यतामा उजुरी परेकोले के-कसरी टुंग्याउने भन्नेबारे सभापति देउवाले छलफल गर्न शीर्ष नेताको बैठक राखेका छन्।
१० लाख क्रियाशील सदस्य बनाउने भनेको कांग्रेसमा अहिलेसम्म ८ लाख मात्र क्रियाशील सदस्य पुगेका छन्। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ।












