एजेन्सी । युरोपियन च्याम्पियनशिप (युरो कप)को नकआउट चरण अन्तर्गत आज दुई खेल हुँदैछ । आजदेखि नकआउट चरणका खेलहरु हँदैछन् ।
नकआउट चरण अन्तर्गत आज राति पहिलो खेलमा वेल्स र डेनमार्कले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दैछन् ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिमको लक्ष्य जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने हुनेछ ।
डेनमार्क समूह 'बी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो ।
वेल्स समूह 'ए' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो ।
हेड टु हेडको कुरा गर्दा डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल आफ्नो पक्षमा पारेको छ ।
यस्तै आजै राति इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटाली र अष्ट्रियाले प्रतिस्पर्धा गर्दैछन् । खेल राती १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।
इटाली समूह 'ए' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो ।
यस्तै अष्ट्रिया समूह 'सी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।
हेड टु हेडको कुरा गर्दा इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक आमनेसामने भएका छन् । जसमा इटाली अष्ट्रियासँग अपराजित रहेको छ । इटालीले अष्ट्रियाविरुद्ध १० खेल आफ्नो पक्षमा पारेको छ भने ३ खेल बराबरीमा टुंगिएको छ ।












